गोरखामा बिबिध कार्यक्रम गरी क्षयरोग दिवस मनाईयो

चैत १०, गोरखा: सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोगमुक्त नेपालको सुनिश्चितता’ भन्ने नाराका आज विश्व क्षयरोग दिवस गोरखामा पनि बिभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसको अबसरमा जिल्ला जनस्वास्थ कार्यालय गोरखा र नेपाल क्षयरोग निवारण सस्थाको आयोजनामा अन्तरक्रिया कार्यक्रम तथा गोरखा अस्पतालका बिरामीहरुलाई फलफुल बितरण सहितको कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यालय गोरखाका जनस्वास्थ प्रसासक केदारनाथ पराजुलीले गोरखा जिल्लामा कुल जनसख्या मध्ये २ सय ५० देखी ३ सय ५० जना क्षयरोगीको बिरामी भएको हुन सक्ने जानकारी दिनुभयो ।

त्यस्तै जिल्लामा प्रत्येक बर्ष २ सय १७ जनामा क्षयरोग देखा पर्ने गरेको कार्यक्रममा पराजुलीले जानकारी दिनुभयो । त्यो मध्ये २ देखि ३ प्रतिसतको मुत्यु हुने गरेको जनस्वास्थ प्रसासक पराजुलीको भनाई छ । गोरखा जिल्लामा हाल ७५ केन्द्रबाट क्षयरोगको उपाचार गरिनुका साथै ५ केन्द्रबाट क्षयरोगको निदान गरिने उहाँको भनाई छ । कार्यालयको पछिल्लो तथ्याङक अनुसार जिल्लामा हाल १ सय ६० जना क्षयरोगका बिरामीहरुले उपचार गराई रहेका छन् । अन्तरक्रिया कार्यक्रममा जनस्वास्थ प्रसासक पराजुलीले गोरखा जिल्लामा क्षयरोगको न्यनुीकरण लागि न्युनीकरणका लागि सन्चालन गरिएको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यालय गोरखाका मेडिकल अफिसर डाक्टर प्रणाम जयेरुले क्षयरोगको लक्षण, यसको उपचार बिधि र यस रोगबाट बच्ने उपायका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका बरिष्ठ उपाध्यक्ष दिपक श्रेष्ठ“जलन” क्षयरोग निवारण संस्थाका उपाध्यक्ष शंकर कुँवर लगायतले बोल्नु भएको थियो ।

–बिमल श्रेष्ठ


प्रतिक्रिया दिनुहोस्