राष्ट्रिय फोटो पत्रकार समूहको प्रभातफेरी कार्यक्रम सम्पन्न ( फोटो फिचर )

भाद्र ३,काठमाडौं । १७९ औँ अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसरमा नेपाल राष्ट्रिय फोटो पत्रकार समूहले प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभातफेरी कार्यक्रम काठमाडौंको पुतलीसडकबाट सुरु भई बागबजार, रत्नपार्क,भृकुटीमण्डप हुदै पुतलीसडक परिक्रमा गरेका हो । प्रभातफेरी कार्यक्रम पश्च्यात राष्ट्रिय फाटो पत्रकारहरुको भोलिको गन्तव्य के भन्ने विषयमा बृहत अन्तरकृया कार्यक्रम समेत भएको छ ।

कार्यक्रममा फोटो पत्रकार महासंघका अध्यक्ष ध्रब आले ,वरिष्ठ फोटो पत्रकार राज भाई सुवाल, प्रदिपराज वन्त, कविन्द्रमान श्रेष्ठले नेपाल फाटो पत्रकारहरुको भोलिको गन्तव्य के नेपाल राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल फाटो पत्रकार महासंघको विगत र वर्तमान अवस्थाको विषयमा समेत प्रष्ट पारेका छन । कार्यक्रममा बिभिन्न मिडियामा कार्यरत फाटो पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्