झुटो प्रचार लेख्नेलाई १० बर्ष जेल सजाय

क्वालाम्पुर / मलेसिया सरकारले झुटो समाचार लेख्नेलाई बढिमा १० बर्षसम्म जेल सजाय दिने गरी कानुन बनाउन प्रस्ताब गरेको छ । प्रधानमन्त्रि नाजिब रजाकले आफू भ्रामक समाचारबाट धेरै पीडित भएकोले त्यसलाई नियन्त्रण गर्न यस्तो कानुन आबस्यक रहेको बताए ।

प्रस्ताबित कानुनको मस्यौदा सोमबार संसदमा प्रबेस गरेको छ । आम निर्वाचन अगाडि नै त्यो कानुन बनिसक्ने अपेक्षा सरकारको छ । भ्रामक समचारको सदुपयोग निर्वाचनको बेला अत्यधिक हुने भएकोले निर्वाचन अगाडि त्यसलाई लागु गर्न सरकारले तयारी थालेको हो । बिपक्षि दलका सांसदहरुले भने त्यस्तो ब्याबस्था गर्न लागिएकोमा बिरोध जनाएका छन् । बिपक्षि सांसद कारलस सान्तियागोले बिपक्षिलाई जर्बजस्त मौन बनाउनका लागि शक्तिशाली हतियारका रुपमा यो कानुन बनाउन लागिएको आरोप लगाए । प्रस्ताबित मस्यौदामा भ्रामक समाचारलाई बिश्वब्यापी समस्याको रुपमा चित्रण गर्दै दण्ड र सजायको ब्याबस्था अत्यावश्यक भएको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्