ताप्लेजुङको जिल्ला अदालत परिसरमा प्रेसर कुकर बम फेला

चैत १३, फुङलिङ / जिल्ला अदालत ताप्लेजुङ परिसरमा प्रेसरकुकर बम फेला परेको छ। अदालत भवनको पछाडि रहेको सलबहादुर गुरुङको खेतमा बम फेला परेको हो। मंगलबार करिब साढे १२ बजेको समयमा तरकारी रोप्न खन्ने क्रममा स्थानीयले बम फेला पारेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

जिल्ला अदालत ताप्लेजुङ परिसरमा भेटिएको प्रेसरकुकर बम । तस्बिर : सीताराम गुरागाई

संकटकालमा त्यहाँ सुरक्षाकर्मीको फोर्स बसेको थियो, त्यहि बेला राखिएको हुन सक्छ, बस्नेतले भने, “बम खिया लागिसकेको अवस्थामा छ ।” बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्ने तयारी गरिरहेको बस्नेतले बताए।


प्रतिक्रिया दिनुहोस्