उपत्यकाको सात ठाँउमा बल्न थाल्यो ट्राफिक लाईट

चैत्र १३, २०७४, काठमाडौं / लामो समयदेखि बल्न छाडेको काठमाडौंको ट्राफिक लाईट मंगलबारबाट बल्न थालेको छ । महानगरीय ट्राफिक महाशाखा, सड्क विभाग र काठमाडौं महानगरपालिकाको समन्वयमा नयाँ बानेश्वर चोक, महाराजगञ्ज, पद्मोदय मोड, पुतलीसड्कस्थित कुमारी बैंक अगाडि, सोल्टीमोड, न्युरोड र सुन्धारास्थित काठमाडौं महानगरपालिकाको कार्यालय अगाडी मंगलबारबाट ट्राफिक बत्ति बल्न थालेको बताइएको छ ।

 

फाइल तस्बिर

लामो समयदेखी बल्न छाडेको ट्राफिक लाईट मर्मतका लागि सड्क विभागले लगानी गरेको थियो । त्यस्तै, महाराजगञ्जस्थित नारायणगोपाल चोकमा काठमाडौं महानगरको लगानीमा ट्राफिक लाईट निर्माण भएको महानगरीय ट्राफिक महाशाखाका डिआईजी सर्वेन्द्र खनालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्