प्रचण्डको नाममा जनअदालतले वारेन्ट जारी गर्यो । कारण यस्तो छ हेर्नुहोस ।

नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाममा केन्द्रिय जनअदालतले वारेन्ट जारी गरेको छ । अध्यक्ष प्रचण्डको नाममा वारेन्ट जारी भएको पत्र आजै केन्द्रिय कार्यालय पेरिसडाडा लगायत बिभिन्न सार्वजानिक स्थानहरुमा टाँसिएको छ । नेत्र बिक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको जनअदालतले म्याद टाँसेको मितिले १५ दिन भित्रमा केन्द्रिय जनअदालत रोल्पामा हाजिर हुनु भनेको छ ।

वारेन्ट पत्रमा भनिएको छ मुक्तिराम दाहालको छोरा जिल्ला भरतपुर महानगरपालिका वडा नं १४ शिवनगर स्थायी घर भई हाल ललितपुर जिल्ला खुमलटार बस्ने तपाई प्रचण्डका बिरुद्धमा केन्द्रिय जनअदालत रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्वन्धमा आवस्यक अनुसन्धान भईरहेकोले तपाई समेतलाई बुभ्नुपर्ने भएकोले यो सुचना प्राप्त भएको मितिले १५ दिन भित्र केन्द्रिय जनअदालत रोल्पामा उपस्थित हुन सुचित गरिन्छ । छुटै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीद्धारा सञ्चालित जनअदालतले तोकिएको समयमा उपस्थित नभएमा केन्द्रिय जनपरिषत नेपालको नीति नियम अनुसार कार्वाही हुने समेत वताईएको छ । एमाले माओवादी गठबन्धन सरकारले नेपाल कम्युष्टि पार्टीका नेता कार्यकर्तालाई वारेन्ट जारी गर्ने धरपकड गर्ने र झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै नेकपाले बिभिन्न किसिमका आन्दोलनहरु गर्दै आएको छ । जनअदालतले केन्द्रिय जनअदालतका प्रमुखप प्रकाशको नामबाट वारेन्ट जारी गरेको छ ।

प्रचण्ड माथि जनअदालतले लगाएका गम्भिर आरोपहरु यस्ता छन ।

१,महान जनयुद्दबाट शान्ति प्रकियामा आएपछि क्रान्तिप्रति बिश्वासघात गरेको,हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई बिगठन गरेको ।
२, माथिल्लो कर्णाली बिधुत आयोजना , अरुण तेस्रो लगायत बिभिन्न सम्झौता भारतिय कम्पनीहरुसंग गर्ने गराउने काममा संलग्न रहि राष्ट्रहित बिरुद्ध काम गरेको ।
३,कठित स्थानिय निकायको चुनावमा कालीकोट जिल्लाको माल्कोटमा स्थानिय धनरुप बटाला र केलालीको चन्द्र बहादुर सिंह समेतको हत्यामा गोली चलाउन आदेश निर्देशन गरेको ।
४, २०७४ पौष ५ गते नेकपाका कोसी ब्युरो इन्चार्ज किरण लगायत थुप्रै नेता कार्यकर्तालाई बिनाकारण गिरप्तार गरि थुनामा राखेको ।
पत्र यस्तो छ हेर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्