प्रधानमन्त्री ओली विरुद्ध नेकपाको वारेन्ट जारी कारण यस्तो छ हेर्नुहोस ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा केन्द्रिय जनअदालतले वारेन्ट जारी गरेको छ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा वारेन्ट जारी भएको पत्र आजै केन्द्रिय कार्यालय सुकेधारा लगायत बिभिन्न सार्वजानिक स्थानहरुमा टाँसिएको छ । नेत्र बिक्रम चन्द नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको जनअदालतले म्याद टाँसेको मितिले १५ दिन भित्रमा केन्द्रिय जनअदालत रोल्पामा हाजिर हुनु भनेको छ ।

वारेन्ट पत्रमा भनिएको छ, मोहन प्रसाद ओलीको छोरा झपा स्थायी घर भई हाल भक्तपुर जिल्ला सुर्यविनायक नगरपालिका वडा नं २ वाल्कोट बस्ने तपाई खडक प्रसाद ओलीका बिरुद्धमा केन्द्रिय जनअदालत रोल्पामा निम्न उल्लेखित मुद्दाहरु परेको हुँदा सो सम्वन्धमा आवस्यक अनुसन्धान भईरहेकोले तपाई समेतलाई बुभ्नुपर्ने भएकोले यो सुचना प्राप्त भएको मितिले १५ दिन भित्र केन्द्रिय जनअदालत रोल्पामा उपस्थित हुन सुचित गरिन्छ । छुटै समानान्तर सत्ताको अभ्यास गरिरहेको नेपाल कम्युनिष्ट पार्टीद्धारा सञ्चालित जनअदालतले तोकिएको समयमा उपस्थित नभएमा केन्द्रिय जनपरिषत नेपालको नीति नियम अनुसार कार्वाही हुने समेत वताईएको छ । एमाले माओवादी गठबन्धन सरकारले नेपाल कम्युष्टि पार्टीका नेता कार्यकर्तालाई वारेन्ट जारी गर्ने धरपकड गर्ने र झुटा मुद्दा लगाएर हिरासतमा राखेको भन्दै नेकपाले बिभिन्न किसिमका आन्दोलनहरु गर्दै आएको छ । जनअदालतले केन्द्रिय जनअदालतका प्रमुख प्रकाशको नामबाट वारेन्ट जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली माथि जनअदालतले लगाएका गम्भिर आरोपहरु यस्ता छन ।

१। २०७४ फागुन ६ गते विराटनगरमा हुन लागेको राष्ट्रिय जनस्वयमसेवकको सार्वजनिक कार्यक्रममा मोरङ विराटनागरतर्फ जाँदै गर्दा नेकपाका नेताहरु हेमन्तप्रकाश ओली ‘सुर्दशन’ एवं पदम राई र पार्टी सम्बन्द्ध थ्रुपै युवाहरुलार्य विराटनगरमा गिरफ्तार गरी झुट्टा मुद्दा लगाएको ।

२। २०७४ चैत्र ५ गते नेकपाका कोशी ब्यूरोका इन्चार्ज किरण राईलगायत थ्रुपै नेताहरुलाई बिना कारण गिरफ्तार गरी धनकुटामा थुनामा राखेको ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई ओलीभन्दा धेरै मुद्दा परेको बताइएको छ । शान्तिप्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वाघात गरेको, हतियार बुझाएको, जनयुक्ति सेना विघठन गरेको, माथिल्लो कर्णाली, अरुण तेस्रो जनविद्युत आयोजन भारतलाई दिने कार्यमा संलग्न भएको वारेन्टमा उल्लेख छ।

पत्र यस्तो छ हेर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्