तीनजुरे गुफा पाथीभरा पदयात्राको तयारी तीब्र

१४ चैत्र, ताप्लेजुङ । पर्यटकिय सर्किट बनाउने उद्देश्यले आउदो २६ गते देखि शुरु हुन लागेको तीनजुरे गुफा पाथीभरा पदयात्रा महोत्सवको तयारी तीब्र बनाईएको छ । ताप्लेजुङ सरोकार केन्द्र काठमाण्र्डाैको आयोजनमा हुने महोत्सव नजिकिदै जाँदा यसको तयारीलाई तीब्र बनाईएको हो । महोत्सव सफल बनाउनको लागि काठमाण्डौमा सचिवालय बनाएर कामलाई तिब्रता दिएको पदयात्रा महोत्सव मुल समारोह समितिका संयोजक टंक श्रेष्ठले बताउनुभयो । “अलौकिक प्राकृतिक छटाको मनोहरा हाम्रो गन्तव्य ताप्लेजुङको पाथीभरा” भन्ने नाराका पदयात्रा महोत्सव शुरु गर्न लागिएको हो । महोत्सव सफल बनाउनको लागि तेह्रथुम, संखुवासभा, धनकुटा, सुनसरी, ईलाम, पाँचथर लगायतका सरोकारवालाहरुलाई भेला गरेर महोत्सव सफल बनाउन रात दिन नभनी जुटेको ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।

महोत्सव सफल बनाउनको लागि टंक श्रेष्ठको संयोकत्वमा मुल आयोजक समिति, परामर्श समिति, सचिवालय, ईश्वरी पौडेलको संयोजकत्वमा टेकिङ, आवास तथा खानपिन उपसमिति, रमेश बरालको संयोजकत्वमा प्रचार प्रसार उप समिति, युवराज गुरुङको संयोजकत्वमा यातायात उप समिति, अनिल खड्काको संयोजकत्वमा छाँयाङकन उप समिति गठन गरिएको छ ।
महोत्सव सफल बनाउन परामर्श समितिले आवश्यक समन्वय सहयोग गर्नुपर्ने, टेकिङ आवास तथा खानपिन उप समितिले पदयात्रामा ठूलो हुने भएकोले समुह बनाई महोत्सवलाई ब्यवस्थित बनाउने तोकिएको ठाँउमा खानाको ब्यवस्था गर्ने प्रचार प्रसार उप समिति पदयात्रा महोत्सवको सञ्चार माध्यमहरुको प्रभावकारी प्रचार गर्ने लगायतका जिम्मेवारी उप समितिलाई दिएको छ ।

पदयात्रा जानको लागि आउदो १७ गते सम्म नामावली दर्ता गरिसक्नु पर्ने आयोजक समितिले जनाएको छ । महोत्सव सफल बनाउनको लागि जिल्ला समन्वय समिति ताप्लेजुङ, तेह्रथुम,संखुवासभा र पाँचथर फुङलिङ नगरपालिका,ताप्लेजुङ उद्योग बाणिज्य संघ,पाथीभरा क्षेत्र विकास समिति,पाथीभरा मन्दिर क्षेत्र संरक्षण तथा सम्बद्धन समिति र मैवाखोला समाज काठमाण्डौ सहआयोजक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्