शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा ! यी हुन् कटौती प्रस्ताव गरिएका बिदा

काठमाडौँ, १४ चैत / सरकारले विगतदेखि दिँदै आएको सार्वजनिक बिदामा व्यापक कटौती गर्दै छ । २२ दिनको सार्वजनिक बिदा कटौती गर्न गृह मन्त्रालयले प्रस्ताव तयार पारेको हो । धेरै सार्वजनिक बिदा दिँदा काम गर्ने समय कम हुने र स्थिरतासहित आर्थिक समृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा ठेस पुग्ने निष्कर्षसहित सकारले बिदा कटौती गर्ने तयारी गरेको हो ।

यसअघिका सरकारले दिँदै आएको २२ वटा सार्वजनिक बिदा कटौती प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत गरी घोषणा गर्ने तयारी छ । वर्षौँदेखि सार्वजनिक बिदा दिने गरेको दिनमा पनि कार्यालय खोल्ने प्रस्ताव गृह मन्त्रालयले गरेको छ, आजको नयाँ पत्रिकामा खबर छ ।

कटौती प्रस्ताव गरिएका बिदा

दिवसः गणतन्त्र दिवस, लोकतन्त्र दिवस, निजामती सेवा दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस र राष्ट्रिय प्रजातन्त्र दिवस

चाडः घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमा

जयन्तीः रामनवमी र श्रीकृष्ण जन्माष्टमी

पर्वः जनैपूर्णिमा, ऋषिपञ्चमी (महिला कर्मचारीका लागि मात्र)

नयाँ वर्षदेखि ल्होसार, क्रिसमस, छठलगायतका केही अरू समुदायगत पर्वमा पनि सार्वजनिक बिदा नपाउने व्यवस्था सरकारले गर्दै छ । तर, गृह मन्त्रालयले खारेज गरिने सबै बिदा सार्वजनिक गरेको छैन । छापाबाट


प्रतिक्रिया दिनुहोस्