एनएफपीजेले विभिन्न १३ विधामा फोटो पत्रकारिता पुरस्कार बितरण गर्ने

काठमाडौँ / राष्ट्रिय फोटो पत्रकार समूहले विभिन्न १३ विधामा राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा सो पुरस्कार प्रदान गरिने समूहका सचिव एवं कार्यक्रम संयोजक प्रदीपराज वन्तले जानकारी दिए।

राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले आयोजना गर्न लागिएको राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ बारे सञ्चारकर्मीहरुलाई जानकारी दिंदै सचिव प्रदीपराज वन्त । तस्बिरस् रत्न श्रेष्ठ, रासस

फोटो पत्रकारको योगदानको कदर गर्दै युवा फोटो पत्रकारको मनोबल वृद्धिका लागि प्रोत्साहन गर्न विभिन्न १३ विधामा नगद, ट्रफीसहितको पुरस्कार प्रदान गरिने मंगलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। लाइफ टाइम एचिभमेन्टका साथै समूहले वर्ष उत्कृष्ट, खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, उपत्यका बाहिर, अनलाइन, स्वतन्त्र र समूहका सक्रिय सदस्य विधामा सो पुरस्कार प्रदान गर्न लागेको हो।

लाइफ टाइम एचिभमेन्टका साथै समूहले वर्ष उत्कृष्ट, खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, उपत्यका बाहिर, अनलाइन, स्वतन्त्र र समूहका सक्रिय सदस्य विधामा सो पुरस्कार प्रदान गर्न लागेको हो। फोटो पत्रकारिताका क्षेत्रमा लामो योगदान दिइ सेवानिवृत्त रहेका अग्रज व्यक्तित्वलाई रु ५० हजार नगद, ट्रफी र सम्मानपत्रसहितको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्ने सो समूहले जनाइएको छ।

त्यस्तै खेलकुद, पर्यटन तथा संस्कृति, राजनीतिक, दैनिक जीवन, मनोरञ्जन, आर्थिक, महिला, मोफसल, अनलाइन, स्वतन्त्र र समूहको सक्रिय सदस्य विधामध्येबाट उत्कृष्ट ठहर हुने फोटो पत्रकारलाई रु २५ हजार नगद, ट्रफी र सम्मानपत्रसहित वर्ष उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदान गर्ने सो अवसरमा जानकारी दिइयो।

अवार्ड छनौटका प्रक्रियाहरु –

विभिन्न छापा माध्यमका सम्पादकहरु मध्येबाट एकजना, अनलाईन न्यूज पोर्टलका सम्पादक मध्येबाट एकजना सम्पादक, बरिष्ठ फोटो पत्रकारमध्येबाट एकजना, एनएफपीजेका अध्यक्ष, कार्यक्रम संयोजक लगायतका बढीमा ५ जनाको छनौट समितिले पुरस्कार बारे अन्तिम निर्णय लिनेछ । उत्कृष्ट ५ मनोनयनमा पर्न सफल भएका फोटोपत्रकारहरु संग आयोजकले मागे ९१२ × १८ इन्च० प्रत्येक विधाका ५ ओटा उत्कृष्ट फोटो आवेदकले पठाउन सक्नु पर्नेछ । साथै उक्त फोटोहरु संस्थामा सुरक्षीत रहने छ । अवार्डमा सहभागी हुन छापामाध्यममा कम्तीमा एक वर्ष तथा अनलाइनमा छ महिना काम गरेको हुनुपर्ने मापदण्ड तोकिएको छ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगरले मुलुकमा राजनीतिक परिवर्तनका लागि भएको आन्दोलनमा फोटो पत्रकारको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै समूहले प्रदान गर्ने पुरस्कार छनोट स्वतन्त्र हुन्छ भन्ने मान्यतालाई बचाइराख्न सुझाव दिए। सो अवसरमा वरिष्ठ फोटो पत्रकार विकास रौनियारले पुरस्कारका लागि रकम जुटाउन निकै चुनौती भए पनि समूहका पदाधिकारीको जोश र जागरले सफल हुँदै आएकोमा खुशी व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस्