ट्रम्पसँग भेट्नु अघि किम जोङ–उनले शि जिनपिङसँग किन भेटे ?

बीबीसी, १४ चैत्र। केही दिनदेखिको जारी अड्कलकाबीच उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन चीन भ्रमणमा गएको पुष्टि भएको छ। २०११ मा उत्तर कोरियाको सत्ता सम्हालेपछि उनको यो पहिलो विदेश भ्रमण हो। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राजधानी बेइजिङमा चीनका राष्ट्रपति शि जिनपिङले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेटवार्ता गरेका थिए।

उत्तर कोरियाको नेतृत्वसँग जोडेर हेरिने रेल चीनमा देखिएपछि के अनुमान लगाइएको छ भने उत्तर कोरियाको सत्ता सम्हालेको सातवर्षपछि किम जोङ–उनको यो पहिलो विदेश भ्रमण भएको बीबीसीले जनाएको छ। किम जोङ–उनको चीन भ्रमण उनको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित वार्ताभन्दा पहिला भएको हो। उत्तर कोरिया आफ्नो मिसाइल र परमाणु कार्यक्रमलाई लिएर वार्ता गर्ने तयारी गरेका छन्। चीन परम्परागत रुपबाट उत्तर कोरियाको वार्ताको मध्यस्थताको भूमिमा निर्वाह गरिरहेको छ। तर, अहिले अमेरिकासँग हुने भनिएको वार्तामा चीनको भूमिका के हुने के हुने भन्ने स्पष्ट छैन।

चीनका स्थानीय संचारमाध्यमले एक विशेष व्यक्ति चीन पुगेको र ती व्यक्ति उत्तर कोरियाली नेता किम जोङ उन भएको हुन सक्ने अनुमान लगाएका थिए। गत महिना दक्षिणको प्रस्तावमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प किम जोङसँग भेटवार्ता गर्न तयार भएका थिए। विश्लेषकहरुका अनुसार डोनाल्ड ट्रम्पसँग भेटवार्ता भन्दा पहिला उत्तर कोरिया र चीनका नेताबीच पनि वार्ता हुनसक्छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो सहयोगी देश हो। आफ्नो रिपोर्टमा सिन्ह्वाले भनेको छ, ‘किम जोङ–उनले राष्ट्रपति जिनपिङसँग आफू परमाणु शक्ति घटाउन प्रतिबद्ध भएको भएको बताएका छन्।’ उता उत्तर कोरियाका सरकारी समाचार एजेन्सी केसीएनएले किम जोङ उनको चीन भ्रमणलाई ऐतिहासिक भनेको छ।


प्रतिक्रिया दिनुहोस्