कांग्रेस बैठक बस्दै, बोल्नेको सूची लामो हुँदा छलफल लम्बियो

काठमाडौं  १५ चैत / निर्वाचन समीक्षा, समसामयिक राजनीतिकलगायत विषयमा छलफल गर्न गत चैत ९ गतेदेखि सुरु कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बुधबार बसेर १ दिन स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो । जारी बैठकमा नेताहरु बोल्ने क्रम चलिरहेको छ। अहिले ९ बजेदेखि सुरु हुने बैठकमा पनि नेताहरुले धारणा राख्ने नेताहरुले बताएका छन् । संघीय संसद् बैठक भएकाले बैठक दिउँसो १ बजेसम्म बस्नेछ ।


नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले हालसम्म ३३ जना केन्द्रीय सदस्यहरुले बोलिसकेको र आज पनि यही सिलसिला यथावत रहने जानकारी दिए । पौडेलका अनुसार, २२ केन्द्रीय सदस्यले बोल्नका लागि समय मागेका छन् भने अन्यले पनि नाम टिपाइरहेका छन् । केन्द्रीय समिति बैठकमा धारणा राख्न चाहने केन्द्रीय सदस्यहरुको सूची लामो भएकाले बैठक अझै केही दिन लम्बिन सक्ने पौडेलले बताए ।

जारी बैठकमा संस्थापन बाहिरका गुटले सभापति शेरबहादुर देउवाको नीति र नेतृत्वको चर्को आलोचना गरिरहेका छन् भने भित्रकाले बचाउमा समय खर्चिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्