प्रथम इच्छाकामना महोत्सव आजदेखि सुरु हुदै, प्रचण्डले दिउसोँ १ बजे उद्घाटन गर्ने

चितवन /  समग्र चितवनसगैँ इच्छाकामनाको गौरव गरिमामय प्रस्तुतीको रुपमा रहेको प्रथम इच्छाकामना महोत्सव आजदेखि सुरु हुदैछ ।


चितवन जिल्लाको पहाडी क्षेत्रमा पर्ने एक मात्र गाउँपालिकामा आयोजना हुने प्रथम इच्छाकामना महोत्सवको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् । इच्छाकामना गाउँपालिका वडा न ४ कुरिनटार स्थित सर्वशान्ति माविको खेल मैदानमा आज २६ गते देखि असोज ६ गते सम्म ऐतिहासिक प्रथम इच्छाकामना महोत्सव एक भव्य समारोहका विच नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउसोँ १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका सह–संयोजक तथा इच्छाकामना एफएमका अध्यक्ष प्रताप गुरुङले जानकारी दिए ।

महोत्सव सुरु हुनु पूर्व कुरिनटारका विभिन्न चोकबाट विभिन्न जातजातीको भेषभुषा र साँंस्कृतिक झाँकी सहितको ¥याली निकालीने समेत उनले जानकारी दिए । कृषि, पर्यटन, उद्योग र व्यापार, इच्छाकामनाको मुल आधार’ भन्ने नाराका साथ यहि भदौ २६ गतेबाट असोज ६ गतेसम्म पहिलो पटक चितवनको एकमात्र गाँउपालिका इच्छाकामनामा महोत्सव सञ्चालन हुन लागिएको हो ।
महोत्सवमा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता, तिज गित प्रतियोगिता, डान्स प्रतियोगिता, विद्यालय स्तरीय गायन प्रतियोगिता, कविता प्रतियोगिता, ईकोसान प्रविधीको प्रदर्शनी, त्रिशुलीमा कायाकिङ्ग,

¥याफ्टिङ्ग, जलबिरे लामो झरनामा क्यानोनिङ्ग, इच्छाकामना मन्दिर दर्शन, उपप्रदाङ्ग गढि, बालगौरी मन्दिर, सिराईचुली तथा इच्छाकामनाका विभिन्न पर्यटकिय स्थलको हेलिकप्टरमा अवलोकन लगाएतका आकर्षणहरु रहेको गुरुङ्गले बताए । महोत्सव सर्वशान्ति माविको खेल मैदान कुरिनटारमा सञ्चालन हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस्