फर्पिङमा बस दुर्घटनाः २ को मृत्यु, २२ घाइते

काठमाडौं, १५ चैत / काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान दुर्घटनामा परेको छ । बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।


महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ । प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ । दुर्घटनाको कारण खुलेको छैन । टायर पड्किएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्