धनकुटामा विशेष प्रकारको फिल्टर ट्यांकी जडान

धनकुटा, १५ चैत्र / धनकुटामा खानेपानी शुद्ध बनाउन विशेष प्रकारको फिल्टर ट्यांकी जडान गरिने भएको छ । पहिलो चरणमा धनकुटा बजार क्षेत्रमा वितरण गरिने खानेपानी शुद्धताको लागि सो प्रविधि जडान गर्न लागिएको धनकुटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष द्रोर्णप्रसाद गुँरागाईले जानकारी दिनुभयो ।

४३ लाखको लागतमा ३ लाख लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको फिल्टर ट्यांकी जडानको अन्तिम तयारी भइरहेको उहाँले बताउनुभयो । केहि दिनअघि भारतबाट धनकुटा पुर्‍याइएको ट्यांकी लहरे चौतारास्थित खानेपानी ट्यांकीस्थलमा राखिएको छ । यसै महिना प्राविधिक मार्फट फिल्टर जडान गरिने उपभोक्ता समिति अध्यक्ष गुरागाईले बताउनुभयो । यसैगरी स्कुलडॉडा र निगालेमा समेत फिल्टर ट्यांकी जडान गरिने भएको छ । पौने २५ करोडको लागतमा नेपाल सरकार, एसियाली विकास बैंक एडीबी र उपभोक्ताको संयुक्त लगानीमा सञ्चालित दोश्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाबाट तीन वर्षदेखि धनकुटामा खानेपानी वितरण कार्य हुँदै आएको छ । धनकुटा बजार क्षेत्रमा करिब ३ हजार ५ सय खानेपानीका उपभोक्ता रहेका छन भनि कान्तिपुरमा लेखिएको छ।


प्रतिक्रिया दिनुहोस्