बराहक्षेत्रमा चक्रपथ निर्माण सुरु

इटहरी १५, चैत /  सुनसरीको धार्मिक पर्यटकीय करिडोर बराहक्षेत्र नगरपालिकामा २४ किलोमिटरको चक्रपथ निर्माण सुरु भएको छ ।नगरपालीकाको सालबनी(बीचपानी चक्रपथ निर्माणका लागि दुव्याही(माथिल्लो जमटोकी सडक निर्माण सुरु भएको छ । नगरको गौरवको योजनाअन्तर्गत दुई करोड ७५ लाखको बजेटमा सुरु भएको चक्रपथ योजनाले बराहक्षेत्रका सयौँ घरधुरिहरु पक्की सडक पहुँचमा जोडिने मेयर निलम खनाल बताउँनु भएको छ ।

उपभोक्ता समितिमार्फत पहिलो चरणमा सुरु भएको चक्रपथको काम ४ नं। वडाबाट सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष गणेश बिष्टले जानकारी दिए ।दुव्याही( माथिल्लो जमटोकीका लागि नगरले विनियोजन गरेको ७२ लाख ५० हजारमा काम सुरु भएको विष्टको भनाइ छ । १५ मिटर चौडा सडकखण्ड पहिलो चरणमा ६। ८ किलोमिटर निर्माण सम्पन्न गरिने छ । स्थानीवासीले चक्रपथका लागि १५ फुट बढी नम्बरी जग्गा दिएका छन ।

स्थानीयवासीले १३ लाख ३१ हजार १ सय ५४ रुपैयाँ बराबरको श्रमदान गरेका छन् । यसअघि ०७१ माघ ६ गते स्थानीय उपभोक्ताले ३४ फुटको बाटो निर्माण गर्ने निर्णय गरेका थिए । हाल जनप्रतिनिधि आएपछि सोही सडक ५० फुट बिस्तार गरी गौरवको आयोजनाका रूपमा विकास गरेर लैजान लागिएको हो ।१० सेन्टिमिटर बाक्लो ग्राभेलसहितको सडकको दायाँबायाँ ९र९ फिटको चौडाइमा ड्रेनसमेत निर्माण गरिने उपभोक्ता समितिले जानकारी दिएको छ ।

चक्रपथ निर्माणका लागि स्थानीयवासीले ४ वटा उपभोक्ता समिति निर्माण गरी काम सुरु गर्ने बताउँनु भएको छन् । उपभोक्ता समितिमा दुव्याही(माथिल्लो जमटोकी सडक, तीनकुने खोरिया सडक, खोरिया बीचपानी सडक र सालबनी कुटीपुल सडक रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्