जग्गाको लाल पुर्जा पाएपछि इच्छाकामनाका भूकम्पपीडितले भने–अब घर बन्ने भो

हिरालाल गुरुङ

चितवन,१५ चैत । विनासकारी भूकम्प गएको ३ बर्षपछि बल्ल घर बन्नेमा ढुक्क छन् तीन घरेका उमेश मगर । इच्छाकामना गाउँपालिका वडा न ४ स्थित तीन घरे गाउँ भूकम्पपछि बस्ती नै जोखिममा परेपछि कहाँ घर बनाउने टुंगो लागेको थिएन ।  आज उनिहरुलाई सरकारले लाल पुर्जा वितरण गरेपछि उनि ऋृण गरेर भएपनि घर बनाउने सोचमा छन् ।
लाल पुर्जा हातमा परेपछि खुसी हुदैँ उनले भने “बल्ल घर बन्नेमा ढुक्क भएँ, सरकारले दिने भनिएको तीन लाखले घर बन्दैन अव ऋृण गरेर भए पनि घर बनाउनेछु ।”
त्यस्तै अन्य चार जनाको पनि खुसी छन् । उनिहरुले लेवाटारमा ८ धुरका दरले प्रतिघर धुरी जग्गाको लाल पुर्जा पाएका छन् ।
भूकम्पका कारण बस्ती नै जोखिममा परेका वडा न ४ का टेक बहादुर थापा,उमेश मगर,झिल्के मगर, चित्र बहादुर मगर र सुकमाया मगरलाई वडा न ४ कै लेवाटारमा जग्गा उपलब्ध गराएका हुन् ।

कार्यक्रमा गाउँपालिका प्रमुख गीता कुमारी गुरुङले गाउँपालिकामा २३५३ लाभग्राही रहेको जानकारी दिइन् ।
साथै प्रमुख गुरुङले अझै ४३३ घर सम्झौता हुन बाँकी रहेको बताउदैँ लाल पुर्जा नभएका सार्वजनिक जग्गामा बसोबास गरेका कारण सम्झौता हुन कठिनाई भएको बताईन् ।
यस्ता कठिनाईहरुलाई सहज ढंगबाट हल गर्नका लागि पहल गरिदिनुहुन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटीलाई आग्रह गरिन् ।


पुर्ननिर्माण प्राधिकरणका प्रमुख राजेन्द्र कार्कीले इच्छाकामनामा अझै ८३ जना घरधुरी जोखीममा रहेको र उनिहरुको स्थानान्तरणका लागि जग्गा खोज्ने काम भईरहेको जानकारी पनि दिए ।

प्रमुख कार्कीले चितवनमा ७३३५ लाभ ग्राही रहेकोमा ५ हजार ३९६ ले पहिलो किस्ताको रकम लिएको , ४१६ ले दोश्रो किस्ता र ३२ जनाले तेश्रो किस्ता लिईसकेको जानकारी दिए । घर निर्माण भइसक्दा पनि प्रभावितले वडामा निवेदन नदिदाँ दोश्रो तेश्रो किस्ता रकम लिनबाट बञ्चित भएको भन्दै घर निर्माण गरिसकेका प्रभावितहरुलाई दोश्रो र तेश्रो किस्ता लिनका लागि अनिवार्य वडामा निवेदन दिन आग्रह गरे ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितिका अध्यक्ष कृष्ण डल्लाकोटीले सरकारले जोखिम बस्तीमा रहेका भूकम्पपीडितहरुलाई दिईने सुविधा अन्तरगत लाल पुर्जा वितरण गरिएको जानकारी दिदैँ जग्गा प्राप्त भूकमपपीडिलाई बधाई तथा शुभकामना दिए ।
अध्यक्ष डल्लाकोटीले लाभग्राहीहरुले पाउने सुविधा सहज ढंगबाट दिलाउनका लागि जिल्ला समन्वय समितिको साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस्