चिन सधै नेपाल र भारतबीच मित्रवत सम्वन्धको पक्षमा

 काठमाडौं ।१५ चैत, चीनले आफू भारत र नेपालबीचको मित्रवत सम्वन्धको पक्षमा रहेको जनाएको छ । नयाँ दिल्ली, काठमाडौं र बेइजिङबीच साझा विकासका लागि सहकार्य गरेर अगाडी बढनु पर्नेमा जोड दिएको छ ।‘स्वतन्त्र विदेश नीतितर्फको नेपाल सरकारको प्रतिवद्धतालाई हामी सह्राहना गर्छौं ।

नेपालले आफ्ना छिमेकीहरुसँग मित्रवत र सकारात्मक सम्बन्ध कायम राखोस भन्ने चाहन्छौं,’ विदेश मन्त्रालयका प्रवक्ता लु काङले भने, ‘चीन नेपाल र भारत एकअर्काका लागि महत्वपूर्ण छिमेकी हुन् । आशा छ कि हामीले एक अर्कासँग सहकार्यमार्फत साझा विकास हासिल गर्न सक्छौैं ।’साथै स्वतन्त्र विदेश नीति अख्तियार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको प्रशंसा गरेको छ ।प्रधानमन्त्री ओलीले मंगलबार विभिन्न कुटनीतिक नियोगका प्रतिनिधिहरुसँग कुरा गर्दै नेपालले स्वतन्त्र विदेश नीति अख्तियार गर्ने र छिमेकीहरुसँग सन्तुलित सम्बन्ध कायम राख्ने बताएका थिए ।भारतले विरोध गर्दै आएको चीनको वान बेल्ट वान रोड परियोजनालाई नेपालले भने समर्थन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्