गोरखामा १८ जना पाठेघर खस्ने महिला बिरामीहरुकोे निशुल्क अप्रेसन

 गोरखा–१५ । चैत जिल्ला अस्पताल गोरखामा महिलाहरुको पाठेघर खस्ने रोग संग लक्षित गरी यहि ११ गते देखि सन्चालन गरेको ५ दिने निशुल्क शिविर बिहिबार सम्पन्न भएको छ । शिविरमा १८ जना महिलाको पाठेघरको शल्यक्रिया गरिएको जिल्ला अस्पताल गोरखाका सुचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो ।पाठेघरको जाचँ गराउँदा १८ जना महिलाको शल्यक्रिया नै गर्नुपर्ने भएकाले उनिहरुकोे सफलतापूर्वक शल्यक्रिया गरिएको उहाँले बताउनुभयो ।

 शिविरमा उपचारका लागि आएका मध्ये ३७ जनाको पाठेघरमा भने रिङ्ग बाधेर उपचार गरिएकोे छ । पाठेघर खस्न लागेका उनिहरुकोे केहि समयाका लागी पाठेघर अड्याएर राख्न रिङ्ग बाधिएको सुचना अधिकारी ढकालको भनाई छ । बिशेष गरी जिल्लाको ग्रामीण क्षेत्रका महिलाहरुमा पाठेघर खस्ने समस्या देखिने गरेको पाईएको उहाँले बताउनुभयो । पाटन अस्पतालका डाक्टर पवन शर्माको नेतृत्वको टोलीले पाँच दिनसम्म शिविरमा पाठेघर खसेका महिलाहरुको शल्यक्रिया गरेका हुन् । केयर नेपालको आर्थिक सहयोग तथा श्री स्वाँरा सघन गाँउविकास केन्द्रको साझेदारीमा सञ्चालन शिविर सन्चालन गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्