रेडक्रसद्धारा जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि ५ लाख बढिको सामाग्री हस्तान्तरण


ताप्लेजुङ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जिल्ला अस्पताल ताप्लेजुङलाई आकस्मिक रक्त सञ्चार केन्द्रका लागि आवश्यक पर्ने ५ लाख बढि मुल्य बराबरको समाग्री हस्तान्तरण गरेको छ । मंगलबार रेडक्रशले आफ्नो ६१ औँ स्थापना दिवसको अवसरमा ५ लाख ३३ हजार एक सय रुपैँया मुल्य बराबरको सामाग्री जिल्ला अस्पताललाई हस्तान्रण गरेको हो । रेडक्रशका जिल्ला शाखा अध्यक्ष ईन्द्र बहादुर गुरुङले अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन् ।


अध्यक्ष गुरुङका अनुसार ५ लाख रुपैँया मुल्य बराबरको एकथान ब्लड बैँक रेफ्रिजेनेरट १ थान, १८ हजार रुपैँया मुल्य बराबरको भिडिआरएल रोटाटोर १ थान, १५ हजार रुपैँया मुल्य बराबरको डोनर बेड कम्फोर्ट १ थान र १ सय रुपैँया मुल्य बराबरको रक्तदान गर्दा समाउने बल १ थान हस्तारण गरिएको हो ।

ताप्लेजुङमा हालसम्म ब्लड बैँक नहुँदा स्थानीय सास्ती व्यहोर्दै आएका छन् भने पछिल्लो समय स्थानीय दिनेश खबास,विकास गौतम र लक्ष्मी काफ्लेको समन्वयमा विभिन्न रक्त समुह मिल्नेहरुलाई बोलाउँदै रगत दान गर्न लगाएरु जिल्लामा रगतको खाँचो टार्ने कोसिस भई रहेको छ । रगतको समस्या हल गर्न उक्त हस्तान्तरण गरिएको सामाग्रीले थप सहयोग पु¥याउने नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्