किरात राई यायोक्खाले प्रदेश मुख्यमन्त्रीलाई किरात प्रदेश नामाकरणका लागि २५ लाख हस्ताक्षर बुझायो

विराटनगर, १५ चैत्र । किरात राई यायोक्खाले प्रदेश नम्बर नं. १ का मुख्यमन्त्री शेरधन राईलाई २५ लाख हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएको छ ।  प्रदेश १ को नाम किरात प्रदेश राख्न माग गर्दै हस्ताक्षर बुझाएकाे हाे ।  यायोक्खाले किरात प्रदेश निर्माणमा राजनीतिक दबाब सिर्जनका गर्नका लागि गत चैत २५ गतेदेखि देशभरबाट एकसाथ हस्ताक्षर संकलन थालेको थियो ।यायोक्खाले किराती सभ्यता, भूगोल र इतिहासको आधारमा प्रदेश १ को नाम किरात प्रदेश हुनुपर्ने तर्क गर्दै आएको छ । यायोक्खाले प्रदेशका सभामुख प्रदिपकुमार भण्डारीलाई समेत एकसाथ हस्ताक्षर बुझाएको हो ।

 

यायोक्खाको हस्ताक्षर र ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री किरात प्रदेश निर्माणका लागि मध्यस्थताको भूमिका निर्वाह गर्ने बताए । उनले यायोक्खाको माग जायज भएकाले आफूले किरात प्रदेश निर्माणमा मध्यस्थताको भूमिका निर्वाहा गर्ने बताए ।सभामुख भण्डारीले नेपालमा पल्लो किरात, माझ किरात र ओल्लो किरात भनिदै आएको स्मरण गर्दै गहिरो अध्ययन गरी उचित निर्णय लिइने बताए । यायोक्खाले मुख्यमन्त्री र सभामुखलाई हस्ताक्षर र ज्ञापनपत्र बुझाउनुअघि प्रदेशसभा परिसरमा प्रदर्शन समेत गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्