साउदीका राजकुमार बुद्धिचाल हेर्न नेपाल आउँदै

ललितपुर । गोदावरी नगरपालिकामा आयोजना हुने अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता अवलोकन गर्न साउदी अरेबियाका राजकुमार सेख सुल्तान बिन खालिद अलमिलान गोदावरी आउने भएका छन् ।साउदी राजकुमारसँगै प्रतियोगितामा विश्व बुद्धिचाल महासंघका अध्यक्ष कुसान्त इलुमझिनोभ पनि गोदावरी आउने भएका छन।प्रतियोगितामा रुस, स्लोभाकिया, भारत, पाकिस्तान, माल्दिभ्सलगायत २५ राष्ट्रका एक सय ५० खेलाडी सहभागी हुनेछन् ।

साउदी राजकुमार अलमिलान एसियन बद्धिचाल महासंघका अध्यक्षको हैसियतमा नेपाल आउन लागेको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिए छन । नगरप्रमुख महर्जनका अनुसार प्रतियोगितामा साउदी राजकुमारलाई प्रमुख अतिथिका रुपमा ल्याउन नगरपालिकाकाले पहल गरेको हो । गोदावरी नगरपालिकाले नेपाल बुद्धिचाल संघसँगको सहकार्यमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना गर्न लागेको हो । ‘राजकुमारको उपस्थितिले गोदावरी नगरपालिकाको पर्यटन विकासमा मद्दत पुग्ने विश्वास लिएका छौं’, नगरप्रमुख महर्जनले अन्नपूर्णसँग भने, ‘नगरको पर्यटन प्रवद्र्धनका लागि नेपाल बुद्धिचाल संघसँग मिलेर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेका हौं।’आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्