जनअदालत ब्युँताएर अभ्यास गर्दै विप्लव १० हजार मुद्दा दर्ता भएको खुलासा

काठमाडौं  । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जनआन्दोलन ब्युँताएर त्यसको अभ्यासमा लागेको छ ।न भूमिगत न खुला रहेको, न शान्तिपूर्ण न सशस्त्र युद्धमा उत्रिएको, तर एकीकृत क्रान्तिको नाराको आवरणमा खुलमखुला पेट्रोल बम पड्काउँदै आएको नेकपाले बहालवाला प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध १५ दिनभित्र जनअदालतमा उपस्थित हुन वारेन्ट समेत जारी गरिसकेको छ ।

सो पार्टीको एक स्रोतले जनअदालतमा झन्डै १० हजार मुद्दा दर्ता भएको दाबी गरेकका छन ।समाचारमा लेखिएको छ, उसको दाबीअनुसार वडाध्यक्षदेखि प्रहरी उच्च निकायका प्रमुखविरुद्ध देशैभरबाट यस्ता मुद्दा दर्ता भएका छन् ।ती मुद्दाहरु अधिकांश लेनदेन, सम्बन्धविच्छेद, अंशबण्डा, भ्रष्टाचारलगायत छन् ।आजको नेपाल समाचारपत्रमा छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्