संयुक्त विद्यार्थी संगठनद्वारा आज ११ बजे माईतीघर मन्डलाबाट बृहत् बिरोध प्रदर्सन गरिने

१६ चैत, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुनै लाग्दा प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्तालको घोषणा गरेका छन  । संयुक्त विद्यार्थी संगठनद्वारा आज विभिन्न क्याम्पस अगाडि भन्डाफोर सभा तथा बिरोध जुलुसको आयोजना गरिएको छ ।, शिक्षा ऎन नवौँ संसोधनको खारेजी चैत्र २३ गते गर्न लागिएको शिक्षक सेवा आयोगको परिक्षा स्थगित ,लगायतका माग राखी आज ११ बजे माईतीघर मन्डलाबाट बृहत् बिरोध प्रदर्सन गरिने अनेरास्ववियु केन्द्रिय कमिटी सचिब आरसी लामिछानेले जानकारी दिनुभयो ।

शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् । शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्