मेस्सीले खेल्नु पर्थ्यो : गोटी

अर्जेन्टिना  / सुपर स्टार लियोन मेस्सी अर्जेन्टिनाका पछिल्ला दुवै मैत्रीपूर्ण खेलमा खेलेकाछैनन । ह्यामस्ट्रिङ समस्याबाट गुज्रेका मेस्सी इटाली र स्पेनसँगको पछिल्लो खेलमा दर्शकमा सिमित भएको छ । स्पेनसँगको खेल ६–१ ले गुमाएपछि अर्जेन्टिनाको चर्को आलोचना भएको छ । स्पेनका कप्तान सर्जियो रामोसले मेस्सी विना अर्जेन्टिना खराब टोली रहेको बताएका थिए ।

अर्जेन्टिनाका महान खेलाडी हिगो गाटीले भने चोटका बावजुद पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट खेलेको भन्दै मेस्सीको आलोचना गरेका छन् । अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको टोली स्पेनसँग लज्जस्पद ढंगले हर्दा मेस्सीले स्ट्यान्डबाट हेरेका थिए । मेस्सी खेलको बीचमै उठेर हिडेका थिए ।

अर्जेन्टिनाका पूर्व गोलकिपर गाटीले राष्ट्रिय टोलीमा उपलब्ध हुनका लागि बढी मेहनत गर्नुपर्नेमा जोड दिए । उनले रोनाल्डो त्यो विषयमा गम्भिर रहेको पनि थपे । एउटा टेलिभिजन अन्तवार्ताका क्रममा गोटीले भने, ‘मेस्सीले खेल्नु पथ्र्यो । जनता उनलाई हेर्न चाहन्छन् । रोनाल्डोले विगतमा त्यस्तो गरेका छन् ।’

गोटीले राष्ट्रिय टोली मेस्सीमा मात्र निर्भर नरहेको बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन मेस्सीका कारणले मात्र टोली बन्ने होइन । मलाई त्यस्तोमा विश्वास छैन । गोटीले जस्तो दाबी गरे पनि अर्जेन्टिना र उनका समर्थकले भने रसिया विश्वकपमा मेस्सीबाट ठूलो अपेक्षा राखेको छ,एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्