मेस्सी र रोनाल्डो पछी उत्कृष्ट बेल : गिग्स

वेल्स, १६चैत्र /लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्र अहिलेको समयमा गेराथ बेलभन्दा उत्कृष्ट रहेको वेल्सका प्रशिक्षक रायन गिग्सले बताएका छन् । यद्दपी बेलका लागि यो सिजन रियल म्याड्रिडमा कठिन रहेको छ । चोट र फिटनेसले उनलाई पटक पटक दुःख दिएको छ । अहिले उनी फिट हुने क्रममा छ ।

तथापी ठूला खेलमा उनलाई लिएर रियलका प्रशिक्षक जिनेदिन जिदान जोखिम उठाउन तयार छैनन् । यसबीचमा बेलले रियल छाड्ने हल्ला पनि चलिरहेको छ । टोटेनह्यामका पूर्व स्टार गिग्सको वेल्सका महत्वपूर्ण सदस्य हुन् । गिग्स पनि बेलले रियल छाडेको उत्तम हुने बताउँछन् ।अहिले उनी उत्कृष्ट क्लबमा छन् । तीन पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । उनी त्यहाँ खुसी पनि छन्,’ गिल्सले स्काई स्पोर्टसमा लेखेका छन्, ‘खेलाडीले जहिले पनि आफ्नो स्थानका लागि संघर्ष गर्नुपर्दछ । किनकी एकपटकमा ११ जनाले मात्र खेल्न मिल्छ । तर साच्चै छायाँ परेको लाग्छ भने बेलले नियमित खेल्नका लागि विश्वको कुनै पनि क्लबमा जान सक्छन् । ‘

म्यानचेस्टर युनाइटेडका महान गिग्सले विश्वका शीर्ष खेलाडीमा बेल पर्ने बताएका छन् । मेस्सी र रोनाल्डो छन् । त्यसपछि उनीहरु नजिक पुग्ने खेलाडी छन्, उनले थपे, बाँकी उत्कृष्टमा बेल पनि पर्छन् । रियलमा नियमित खेल्न अवसर नपाएपनि बेल गिग्सका महत्वपूर्ण खेलाडी हुन् । उनले भविष्यमा उच्च स्तरको फुटबलमा बेलले नियमित खेल्न पाउने विश्वास व्यक्त गरेका छन् ,एजेन्सी ।


प्रतिक्रिया दिनुहोस्