नेपाल टेलिभिजनका अध्यक्ष दाहाललाई मातृ शोक

चितवन, १६ चैत । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृ शोक परेको छ । अध्यक्षको आमा टिकादेवी दाहालको आज ६४ बर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि दम रोगका कारण ग्रस्त आमा टिकादेवी १२ दिनदेखि कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल) कलेजमा उपचारको क्रममा निधन भएको हो ।

२०२२ सालमा अध्यक्ष दाहालका पिता टिकाराम दाहालसगँ वैबाहिक जिवन बाधिनुभएकी टिकादेवीको ४ छोरा र १ छोरी रहेका छन ।
अध्यक्ष दाहाल परिवारको जेठो छोरा हुनुहुन्छ । भने अध्यक्ष दाहाल नेपाल जेसिसको राष्टिय अध्यक्षसगैँ विभिन्न सामाजिक संघसस्थामा आवद्ध हुनुहुन्छ । अध्यक्ष दाहालका माईला भाई परशुराम शिक्षक, साईला भाई रघु वेलायतमा र कान्छा भाई प्रेम चितवनमा नै व्यापार गर्दै आएका छन ।
दाहालको आमाको आज नै देवघाटमा अन्त्यष्टी गरिएको थियो । यसअघि अन्तिम श्रद्धा¬जलीका लागि मातालाई आफनो निवास पार्वतीपुर लागिएकोे थियो ।


प्रतिक्रिया दिनुहोस्