टेलिकमबाट ब्यालेन्स सापटी सेवा सुरू,अब यसरी सापटी लिनुहोस्

१६ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ ।टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरेका छन । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना नमस्ते प्रिपेड मोबाइल प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।अब ग्राहकले ५ रूपैयाँदेखि ४० रूपैयाँसम्म सापटी ब्यालेन्स पाउनेछन् । ब्यालेन्स सकिएका सबै प्रिपेड ग्राहकमा यो सेवा स्वतः लागू हुनेछ ।ग्राहकले यसअघि खर्च गरेको ब्यालेन्स रकमका आधारमा ग्राहकलार्इ छुट्टाछुट्टै रकम बराबरको सापटी सेवा दिन सुरू गरिएको छ ।

नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन सकिन्छ भन्ने जानकारी पाउन आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा एसएमएएस पठाउनुपर्ने हुन्छ ।यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।सेवा स्वत एक्टिभ हुने भएकाले यो लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ ।यो सुविधामा ग्राहकपिच्छे फरक(फरक रकमको सीमा तोकिएको छ ।यो सुविधा टेलिकमको प्रिपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।सापटीबापत पाइने रकम डाटा र एसएमएसमा पनि प्रयोग गर्न सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्