विप्लवका कार्यकर्ताहरुद्वारा एनसेल टावरमा आगजनी: दुईजना पक्राउ

बनियानी १६, चैत  / बुद्धशान्ति गाउँपालिकामा रहेको एनसेल टावरमा नेत्रबहादुर चन्द विप्लव० नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले आगजनी गरेका छन् ।आगजनी गरेको आरोपमा मेची अञ्चल ब्यूरो सदस्य ५८ वर्षीय दीपक लकन्द्री र बुद्धशान्ति सेक्रेटरी दीपक कुरुम्वाङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुद्धशान्तिका प्रहरी सहायक निरीक्षक पदमसुन्दर लिम्बूले जानकारी दिए ।

उनीहरुले बुद्धशान्ति–२ खतिवडा चोकमा रहेको एनसेल टावरमा आगजनी गरेका हुन् । आगजनीबाट एउटा जेनेरेटर, टावरमा रहेको तार जलेर नष्ट भएको छ । पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि बिहीबारै इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको प्रहरीले जनाएको छ,
रासस


प्रतिक्रिया दिनुहोस्