अस्थायी शिक्षकको २३ गते हुने भनिएको परीक्षा अन्तत स्थगित

अस्थायी शिक्षकको २०७४ चैत्र २३ गते हुने भनिएको परीक्षा अन्तत स्थगगित भएको छ । अस्थायी शिक्षकको परिक्षा स्थगनको माग गर्दै प्रमुख तीन विद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल घोषणा गरिरहेका बेला यता शिक्षक सेवा आयोगले एक सुचना जारी गर्दै स्थगगित भएको जानकारी दिएका छन ।


शिक्षा सेवा आयोगले आन्तरिक प्रतियोगिताबाट शिक्षक पदपुर्ती गर्ने गरी विज्ञापन प्रकाशित भएकोमा उक्त विज्ञापनबाट मात्रै सबै रिक्त पदहरु पुर्ती हुन नसक्ने र यसबाट नियमित पठनपाठन प्रभावित हुने भएकोले आन्तरिक र खुल्ला सँगसँगै गरी शिक्षक पदपुर्तीलाई ब्याबस्थापन गर्दा उपयुक्त हुने कारण देखाउदै परिक्षा स्थगित गरेको हो । परिक्षा हाललाई स्थगित गरेपनि अर्को कार्यतालिकाको लागि भने मिति ठोस गरएिको छैन । यसबाट परिक्षार्थीहरुमा पर्न गएको प्रति शिक्षक सेवा आयोगले दुख समेत व्यक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्