सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको छ: अर्थमन्त्री खतिवडा

फाइल तस्बिर।

काठमाडौं, १६ चैत । अर्थमन्त्री युवराज खतिवडाले सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा पुगेको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा देशको आर्थिक अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री खतिवडाले अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए। उनले सही विश्लेषणबाट मात्र अगाडिको मार्ग तय गर्न सकिने उल्लेख गर्दै अहिले अनौपचारिक अर्थतन्त्र मौलाएकाले राजश्वको दायरा खुम्चिएको बताए । आयातमा आधारित राजश्व र विप्रेषणमा आधारित उपभोगको चक्रमा अर्थतन्त्र रूमल्लिएको छ,’ अर्थमन्त्री खतिवडाले भने।

 

 


प्रतिक्रिया दिनुहोस्