कांग्रेस नेता खुमबहादुर खड्काको दिल्लीस्थित एपोलो अस्पतालमा निधन

काठमाडौं , १६ चैत । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खड्काको आज निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन् ।उनी लामो समयदेखि विभिन्न रोगबाट ग्रसित थिए । नेपाली कांग्रेसले खड्काको उपचार अवस्थाबारे जानकारी लिन एक टोली समेत पठाएको थियो ।


खुमबहादुर खड्काको राजनितिक यात्रा यस्तो छ ।दाङबाट कांग्रेसको राजनीति थालेका खड्का २०४८, ०५१ र ०५६ तीनपटक नै प्रतिनिधिसभाको सदस्य भए । २०४८ सालदेखि २०५८ सालसम्म ८ पटक मन्त्री भए । उनी धेरैपटक मन्त्री हुने व्यक्तिको सूचीमा पर्छन् ।२०५१ सालमा एमालेको ९ महिने शासनकाल र २०५२ मा लोकेन्द्रबहादुर चन्दको पालामा बाहेक ०५८ अघिको हरेक सरकारमा उनको हालिमुहाली थियो । पावरफूल मन्त्री भएकाले उनलाई कसैले छुन सकेन । उनी गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेला पनि यिनी मन्त्री भए, शेरबहादुर देउवा भएको थिए ।२०५९ मा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा पर्नुअघिसम्म उनलाई सबैले मान्थे पनि । शक्तिशालीसँगै लोकप्रिय पनि थिए । तर जब उनले भ्रष्टाचारको मुद्दा खेपे, त्यसपछि यिनको लोकप्रियता घट्यो ।२०६३ मा विशेषले सफाई दिएपछि उनी फेरी राजनीतिमा आए । कांग्रेसको १३औँ महाधिवेशनमा उनले देउवालाई सभापति बनाउनु महत्वपूर्ण भुमिका खेलेका थिए ।


प्रतिक्रिया दिनुहोस्