प्रधानमन्त्रीओली २३ गते भारतको राजकीय भ्रमणमा निस्किदैं

१६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण औपचारिकरुपमा घोषणा भएको छ । नेपाल र भारतको परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री ओलीको भारत भ्रमणको औपचारिक घोषणा गरेका हुन। प्रधानमन्त्रीओली २३ गते भारतको राजकीय भ्रमणमा जानेछन् ।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने छन् । तर, दुई प्रधानमन्त्रीबीच हुने भेटको समय भने सार्वजनिक गरिएको छैन ।भ्रमणका क्रममा ओलीले राष्ट्रपति रामनाथ कोविन्द लगायतसँग भेटवार्ता गर्नेछन् ।प्रधानमन्त्री ओली राजकीय भ्रमण सकेर २५ गते स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया दिनुहोस्