यात्रुले दुव्र्यवहार गर्दा नेपाल आउदै गरेको जहाज दिल्लीमा आकस्मिक अवतरण

काठमाडौं । दुबईबाट नेपाल आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजमा सवार नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ। जब जहाज पाकिस्तान र भारतबीचको सीमामाथि आइपुग्यो, तब रतेलले अरूलाई दुव्र्यवहार गर्न सुरु गरे,’ सम्बद्ध स्रोतले नागरिकसँग भन्यो, ‘नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमाथि खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे। त्यतिले नपुगेर जहाजकी एक एयरहोस्टेसलाई घचेडेर झन्डै पछारिदिएका थिए।


वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय बैद्यले उडाएर ल्याएको ‘९ एन–एकेडब्लू’ कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।अब कुनै विपदको घटना हुन सक्ने अफवाह फैलाए १ लाख रुपैयाँ जरिवानादेखि ६ महिनासम्म कैद सजाय हुने व्यवस्था गरिएको छ ।गृह मन्त्रालयले बनाएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले यस्तो कारबाही गर्ने व्यवस्था गरेको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा, आफूखुसी वितरण गरेमा वा व्यक्तिगत लाभमा प्रयोग गरेमा, विपदको समयमा अप्राकृतिक रुपमा बजारमूल्य बृद्धि गरेमा वा क्रितिम अभाव सिर्जना गरेमा वा गुणस्तरीय वस्तु तथा सेवाको कारोबार गरेमा पनि १ लाख रुपैयाँ जरिवाना वा २ बर्षसम्म कैद सजाय वा दुवै सजाय हुने उल्लेख छ ।कसैले विपदको घटना गराउन सक्ने गरी लापरबाही गरेमा वा त्यस्तो घटना गराउन प्रत्यक्ष संलग्न भएमा त्यस्तो व्यक्तिलाई कसुरको मात्राअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना वा दुई बर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।


प्रतिक्रिया दिनुहोस्