मकाउमा ग्याल्पो ल्होसार भव्यताका साथ सम्पन्न

काठमाडौं । मकाउमा २१४९औ “छु फो ताक लोू जल् पुरूष बाघ वर्ष ग्याल्पो ल्होसार भव्यताको साथ सम्पन्न भएको छ । शेर्पा समाज मकाउको आयोजनामा उक्त कार्यक्रम फाल्गुन १८ गते सम्पन्न भएको हो ।  

ponte-16, Sofitel Resort Hotel मकाउको Banquet Hall मा बेलुका ६ बजेबाट शुरु भएको ल्होसार साँझ कार्यक्रम मध्यरात १२ बजे नयाँ बर्ष २१४९ को शूरू भए संगै शुभ कामना आदानप्रदान गरी सकिएको थियो । 

कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष ङवाङ गेल्जे शेर्पाले गरेका थिए । त्यस्तै प्रमूख अतिथिका रुपमा आदीबासी जनजाति महासंघ ९नेफिन्० मकाउका अध्यक्ष भीम कुमार राई र विशेष अतिथिको रूपमा गैर आवासीय नेपाली संघ मकाउका महासचिव उत्तम गुरुङ उपस्थित भएका थिए । 

त्यसैगरी गुरुङ तमु समाज मकाउ अध्यक्ष  लिल बहादुर गुरुङ र सचिव भीम बहादुर गुरुङ, तामाङ घेदुङ संघ मकाउ बरिष्ठ उपाध्यक्ष रोजन लामा, किराँत राई यायोक्खा मकाउका अध्यक्ष राकेश राई, किराँत याक्थुङ चुम्लुङ मकाउ अध्यक्ष चण्डी योङया, मगर संघ मकाउ उपाध्यक्ष नन्द पुलामी, हेल्पिंग हेन्डस मकाउ कार्यबहाक अध्यक्ष कल बहादुर तामाङ, नेपाली समाज मकाउका अध्यक्ष युबराज न्यौपाने,  हिमालयन ट्रेड मकाउका सफल व्यवसयीक रूस्तम श्रेष्ठ लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रमलाई सुव्यवस्थित बनाउन  समाजका उपाध्यक्ष गीता शेर्पा मगरको संयोजकत्वमा “ल्होसार साँझ मूल समारोह” समिति खडा गरिएको थियो । कार्यक्रमलाई विभिन्न क्षेत्रका गैर९शेर्पा व्यक्तित्वहरूले समेत धेरै मात्रमा आर्थिक र भौतिक सहयोग उपलब्ध  गरिएको थियो । 

समाजका कोषाध्यक्ष पेम्ब ग्याबु शेर्पाको स्वागत मन्तव्य सँगै शुरु भएको कार्यक्रममा एनआरएन् मकाउका सचिव लगायत मकाउका विभिन्न संघ संगठनहरूका प्रतिनिधिहरू र व्यवसायीहरूले ल्होसारको शुभ कामना मन्तव्य राखेका थिए । 

कार्यक्रम प्रमुख अतिथिको मन्तव्य पश्चात समाजका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पाले ल्होसार साँझ कार्यक्रममा उपस्थित आमन्त्रित अतिथिहरू र सहभागीहरूलाई एकमुष्ट धन्यवाद ज्ञापन दिई औपचारिक कार्यक्रम समापन भएको घोषण गरिएका थिए । 

शेर्पा सेब्रु नृत्य सँगै कार्यक्रमको दोस्रो चरण शुरु भएको थियो र  मकाउमा कार्यरत नेपाली कलाकारहरूले आफ्नो विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरू दिएका थिए । प्रस्तुती दिने कलाकारहरूलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको थियो भने आर्थिक सहयोग उपलब्ध गराई प्रयोजन गर्ने प्रयोजकहरूलाई शेर्पाहरूको टोपी र खादाले सम्मान गरिएको थियो । 

कार्यक्रमको यसै खण्डमा उपस्थित सबै जनाको नाममा LUCKY DRAW मार्फत SOFITEL RESORT HOTEL को ७ वाट Deluxe Room प्रति रुम २५,००० बराबरको करिब १ लाख ७५ हजार बराबरको ७ वटा होटेल प्याकेज रूमको कुपन ल्होसारको उपाहर स्वरूप बितरण गरिएको थियो । यस्तैभुटानी नागरिक सोनाम ल्हामुले समेत उक्त उपाहर हात परेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्