पर्वतमा करेन्ट लागेर एकको मृत्यु पाँच जना घाइते

फलेवास, पर्वत, १७ चैत । खम्बामा चढेर काम गरिरहेको बेला करेन्ट लागेर जैमिनी नगरपालिकामा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएको कुस्मीसेरा प्रहरी चौकीका इञ्चार्ज देवराज बानियाँले जानकारी दिनुभयो ।

जैमिनी नगरपालिकाको वडा नं ४ सर्कुवामा शुक्रबार बिजुलीको खम्बा सार्ने क्रममा करेन्ट लाग्दा जैमनी–५ बिनामारेका २४ वर्षीय चन्द्रबहादुर थापा क्षत्रीको मृत्यु भएको हो । रासस


प्रतिक्रिया दिनुहोस्