ओलीले गरे चमत्कार: बनाए फोनबाटै आदेश दिएकै भरमा भात पकाउने यस्तो उपकरण

रुकुम  /  फोनकै भरमा राइसकुकरले भात पकाउने कुरा सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ । तर रुकुम पश्चिमका एक विद्यार्थीले मोबाइलबाट फोन गरेर राइसकुकरमा भात पकाउने उपकरणको आविष्कार गरेका छन् ।

सदरमुकाम मुसिकोट नगरपालिका–११, भलक्चा स्यावाङका वसन्त ओलीले फोनबाटै राइसकुकरलाई भात पकाउन आदेश दिने उपकरण बनाएका हुन् । दाङको पद्योदयमा इलेक्ट्रिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत ओलीले फोन गरेर घरमा रहेको राइसकुकरमा भात पकाउन सकिने उपकरणको आविष्कार गरेर सबैलाई अचम्मित पारेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ओलीका अनुसार यस उपकरणले राइसकुकर मात्र नभइ सम्पूर्ण विद्युतीय उपकरण खोल्न र बन्द गर्न गर्न मिल्छ ।

दुई वर्षअघि एकजना शिक्षकले कुनै प्रसंगमा १० वर्षपछि मोबाइलबाटै फोन गरेर भात पकाउन मिल्ने राइसकुकर बन्न सक्छ भनेको कुराबाट प्रेरित भएर आफूले यो उपकरण बनाएको ओलीले बताए ।


प्रतिक्रिया दिनुहोस्