बेतना सिमसार अब वृत्तचित्रमा

                                                                             बेतना सिमसार

बेलबारी  /  पुर्बको चर्चित पर्यटकीय स्थल बेतना सिमसार क्षेत्र अब (बृतचित्र) डकुमेन्ट्रीमा हेर्न पाईने भएको छ । बृतचित्र पत्रकार नरेन्द्र बस्नेतले निर्माण गरेका हुन । बृतचित्रमा बेलबारीमा रहेको सो सिमसार क्षेत्रको बारेमा जान्न चहाने देश तथा बिदेशमा रहेका सबै मानिसहरुका लागी यो उपयोगी हुने र अध्यायन र अनुसन्धान गर्नेहरुका लागी समेत बृतचित्रले सहयोग गर्ने बस्नेतले बताएका छन । बृतचित्र पत्रकार शुरेसचन्द्र दहालले खिच्नुका साथै सम्पादन गरेका हुन ।

                                                                    बेतना सिमसार

एक दशकदेखि पत्रकारितामा सक्रिय बस्नेत लामो समयदेखि बेतना सिमसारको बारेमा खोज, अनुसन्धान गर्नुका साथै बिभिन्न पत्रपत्रिका, टेलिभिजन, अनलाईन लगायतका मिडियामा बेतना सिमसार क्षेत्रको बारेमा लेख रचना समेत प्रकाशन र प्रसारण गर्दै आएका छन । बस्नेतले बेतना सिमसार क्षेत्रको प्रचारप्रसारमा पुर्याएको योगदानको कदर गर्दै बेतना सिमसार संरक्षण समितिले ताम्रपत्र सहित ७ हजार ७ सय ७७ रुपैया राशिको प्रथम बिष्णु बस्नेत बेतना सिमसार पत्रकारिता पुरुस्कार समेत प्रदान गरिसकेका छन् ।

                                                                                   बेतना सिमसार

प्रतिक्रिया दिनुहोस्