असारभित्र सबै स्थानीय तहमा बैंक पुग्ने,

 लमजुङ, बेँसीशहर,१७ चैत । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले मुलुकका सबै स्थानीय तहमा चालु आर्थिक वर्षभित्रै वित्तीय पहँच पुग्ने बताउनुभएको छ । शनिबार लमजुङको बेँसीशहरस्थित सिभिल बैंक शाखाको उद्घाटन गर्दै उहाँले सबै नागरिकलाई वित्तीय क्षेत्रको पहुँचमा ल्याउन आफूहरु लागिपरेको बताउनुभयो ।

“असार मसान्तभित्र ७५३ स्थानीय तहमा वित्तीय संस्था पुग्छन्”–गभर्नर नेपालले भन्नुभयो, “एउटै स्थानीय तहमा ३५ करोडसम्मको बजेट हुन्छ, र त्यसको कारोबार बैंकबाटै हुने कुरा बताउनुभएको छ । विकट तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पु¥याउन हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंक खोल्ने नीति राष्ट्र बैंकले लिएको उहाँको भनाइ थियो ।सिभिल बैंकले ५९ औँ शाखाका रुपमा बेँसीसीशहरमा शाखा विस्तार गरेको हो । योसँगै सिभिल बैंकले लमजुङमा पाँच शाखा विस्तार गरिसकेको छ । नेपालभर बैंकको कुल ५९ शाखा रहेको जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्