पालुङटारलाई ४ नम्बर प्रदेशकै नमुना शहरको रुपमा बिकास गर्ने: नारायणकाजी श्रेष्ठ

गोरखा संबादाता

गोरखा, १७ चैत्र / नेकपा माओबादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ “प्रकाश” ले गोरखाको पालुङटारलाई ४ नम्बर प्रदेशकै नमुना योग्य शहरकोे रुपमा बिकास गर्न पहल गर्ने बताउनु भएको छ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ को गाईखुरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेता श्रेष्ठले पालुङाटार नगरपालिकालाई सिचाई, खानेपानी, बाटोघाटो लगायतका सवै प्रकारका बिकासका प्रक्रियालाई एकिकृत ढंगले अघि बढाउदै स्मार्ट सिटीको रुपमा बिकास गर्ने बताउनु भएको हो ।

                        नारायणकाजी श्रेष्ठ

देशमा स्थायी सरकार निर्माण भइसकेको भन्दै उहाँले बामपन्थी गठबन्धनको बहुमत प्राप्त बर्तमान सरकार नेपाली जनताको आर्थिक सम्बृद्धिको सपना पुरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारको पहिलो प्राथामिकता संबिधान कार्यान्यवन भएको भन्दै संबिधानको पूर्ण कार्यान्वयन पछि मात्र जनताका सवै अधिकार स्थापित हुन सक्ने बताउनुभयो ।

नेता श्रेष्ठले बिदेशमा रहेका ४० लाख नेपालीलाई स्वदेश फिर्ता गराएर सरकारले योग्यता अनुसारको रोजगारी दिलाउन सक्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो “ अहिले ४० लाख भन्दा बढि युवायुवती खाडीमुलुकमा न्युनस्तरको काम गरेर बस्न बाध्य छन् उनिहरुलाई सरकारले फिर्ता गरी स्वदेशमै बिकास निर्माण लगाउन सक्नु पर्छ त्यसका लागि रोजगारीको सृजना गर्ने काम सरकारको हो । ” उहाँले अबको बिकासको प्रक्रिया ३ तहबाट अघि बढ्ने भन्दै राष्ट्रिय गौरव लगायतका ठूला–ठूला बिकास निर्माणका काम संघिय सरकारले गर्ने बताउनुभयो ।

नेता श्रेष्ठले देशमा बामपन्थीहरुको बलियो सरकार बनेसंगै अब बिदेशी हस्तक्षेप रोकिने बताउनुभयो । उहाँले नेपालको आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने भन्दै नेपाली जनता आफन समस्या समाधान गर्न आफै सक्षम रहेको स्पस्ट पार्नुभयो । उहाँले बिना बिभेद सवै जनताले महसुस गर्ने गरी देशको आर्थिक सम्बृद्धिको शुरुवात गर्न बामपन्थी गठबन्धन बनेको भन्दै सच्चा कम्युनिष्टहरु यहि झण्डामुनी बसेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

अर्को फरक प्रसंगमा नेता श्रेष्ठले मंसिर १० गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा आफ्नो पराजयको दोस अरु कसैलाई दिन नचाहाने भन्दै निर्वाचनमा हार व्यर्होनु परे पनि गोरखाका जनताको साथ दिन नछाड्ने बताउनुभयो । उहाँले आफू निरन्तर गोरखामा आइरहने भन्दै जनतका समस्यालाई स्थानिय तह, प्रदेश तह र संघिय सरकार सम्म पु¥याउन पहल गरी रहने बताउनुभयो । “संबिधान र कानुन बिपरित हुने बाहेक तपाईका सवै समस्याहरु ल्याउनुहोस म यहाँहरुको समस्या समाधान गर्न लागि पर्नेछु ।” नेता श्रेष्ठले भन्नुभयो ।

 


प्रतिक्रिया दिनुहोस्