सलाहको गोलसँगै लिभरपुल विजयी

काठमाडौं ,१७ चैत  / मोहम्मद सलाहको गोलसँगै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेसमाथि जित निकालेको छ ।
शनिबार भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसमाथि २(१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिष्टल प्यालेसले १३ औं मिनेटमा पेनाल्टी गोलबाट अग्रता लिएको थियो ।

तर, दोस्रो हाफमा जोगाउन सकेन ।दोस्रो हाफको सुरुमा नै मानेले गोल बराबरी गोल गरे । निर्धारित समयका खेल सकिन ६ मिनेट बाँकी छँदा सलाहले गोल गर्दै लिभरपुललाई तीन अंक दिलाए ।


प्रतिक्रिया दिनुहोस्