पाल्पाको ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला

 पाल्पा, रामपुर,१७ चैत । रामपुर नगरपालिका–३ ढापखोलास्थित नहरमा एक पुरुष मृतावस्थामा फेला परेको छ ।
रामपुर फाँट सिँचाइ आयोजनाअन्तर्गत रहेको नहरमा स्थानीयवासीले आज बगाएर ल्याएको अवस्थामा शव फेला पारेको हो ।
मृतावस्थामा फेला परेको पुरुषको शव निस्दी गाउँपालिका–२ सहलकोट घर भई हाल रामपुर नगरपालिका–१ छम्के बस्दै आएका ५३ वर्षीय नरबहादुर सारुको रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । स्थानीयवासीले नहरले बगाएर ल्याएको अवस्थामा शव भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । शवको कुनै पनि भागमा चोट नरहेकाले नहरमा खसेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । रामपुर अस्पतालमा शव परीक्षण भइरहेको छ । (रासस)


प्रतिक्रिया दिनुहोस्