साल्ट ट्रेडिङमा सेयरबारे मन्त्रालयले छानबिन गर्ने

काठमाडौं, १८ चैत / सरकारी स्वामित्व घटाउन साल्ट ट्रडिङ कर्पोरेसन्स लिमिटेडमा सेयर संरचना नै बिगारिएको खुलासा भएपछि तालुक उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि छानबिन गर्ने भएको छ । वैदेशिक अनुदानबाट प्राप्त रकमलाई सेयरमा परिणत गर्न दिएको आदेश अटेर गरेका समाचारहरू प्रकाशित भएपछि मन्त्रालयले छानबिन प्रक्रिया अघि बढाएको हो ।

‘यर्थाथ के हो, आपूर्ति पनि बुझ्छ,’ आपूर्ति सचिव अनिल ठाकुरले भने, ‘अबको सातामा साल्ट प्रमुख, मन्त्रालय संस्थान शाखालाई छलफलमा बोलाएको छु। सेयर संरचना बिगारिएको पुष्टि भए सरकारको सेयर कायम गर्नु पर्छ ।’ साल्टको विषयमा अन्य निकायबाट पनि छानबिन भइरहेकाले प्रतिवेदनको पर्खाइमा मन्त्रालय रहेको उनले बताए ।, कान्तिपुरमा खबर छ । छापाबाट


प्रतिक्रिया दिनुहोस्