पारस पनि आइपिएलमा आबद्ध

काठमाडौं , १८ चैत्र  /  नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का आइपिएल खेल्ने दोस्रो नेपाली खेलाडी हुने भएका छन् । उनलाई साविक विजेता मुम्बई इन्डियन्सले हिजो राति आफ्नो टोलीमा समावेश गरेको हो । पारस अघि दिल्ली डेयरडेभिल्सले नेपालका स्पिनर सन्दिप लामिछानेलाई आबद्ध गरेको थियो । कप्तान पारसले गत महिना सञ्चालित आइसीसी विश्वकप छनोट प्रतियोगितामा ६ खेलमा २ सय ३१ रन बनाएका थिए । त्यसअघि डिभिजन(२ प्रतियोगितामा पारस सर्वाधिक सबैभन्दा बढी रन बनाउने खेलाडी थिए ।

मुम्बई इन्डियन्सले आफ्नो आधिकारिक वेबसाइटमा लेखेको छ, “एसोसियट क्रिकेटमा पारस उत्कृष्टमध्ये एक खेलाडी थिए । अहिले पछील्लो १ वर्ष उनी करियरकै उच्च लयमा छन् । नेपालले अहिले एक दिवसीय मान्यता पाएको छ । यो यात्रामा पारसको भूमिका ठूलो छ । मुम्बई उनको ब्याटिङ मात्र होइन बलिङ, फिल्डिङ र खासगरी नेतृत्व क्षमताबाट प्रभावित भएको हो । पारसले आफ्नो फेस्बुकमार्फत सो समाचारले आफू निकै खुशी रहेको र आउने दिनमा अझै राम्रो प्रदर्शन गर्न प्रोतसाहित बनाएको बताए ।पारसले आफ्ना समर्थक र मुम्बई इन्डियन्स टोलीलाई धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्