पार्टी एकताकाे सम्पूर्ण तयारी पुरा भएको नेता शर्माद्धारा खुलासा

नेकपा माओबादी केन्द्रका प्रभाबशाली नेता जर्नादन शर्माले पार्टी एकताको सम्पूर्ण तयारी सकिएर घोषणा हुन मात्र बाँकी रहेको बताएका छन ।एमाले निकट युवा संघ नेपालको प्राकृतिक श्रोत साधन बिभागको आयोजनामा भएको बिचार गोष्ठी तथा सम्मान कार्यक्रममा बोल्दै आगामी बैशाख ९ गते एकता धोषणा हुने कुरा बताएका हुन । शर्माले पार्टी एकता भइसकेको तर एकता पछि केन्द्रीय कमिटीको कुन कुन स्थानमा को को बस्ने भन्ने कुरा मात्रै टुंगो लाग्न बाँकी रहेको र त्यो पनि त्यो पनि केही दिनमै टुंगो लाग्ने बताउनु भयो ।

एमाले नेता झलनाथ खनाललाई ईगिंत गर्दै उनले भने ,  एकता संयोजन समितीका एक जना सदस्य यँही हुनुहुन्छ , अब छिटो भन्दा छिटो पार्टी एकता हुनुपर्ने माग गर्दछु । कार्यक्रममा गत निर्वाचनमा विजयी युवा संघ नेपालका नेताहरु राजिब पहारी, चन्द्र लामा लगायतलाई एमाले नेता झलनाथ खनालले सम्मान पत्र सहित सम्मान गरेका थिए । कार्यक्रममा एमाले नेता प्रदिप नेपाल, महेन्द्र पाण्डे लगायतका नेताहरु समेत उपस्थित रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्