काठमाडौंका ६ स्थानमा अब फ्रि वाइफाई,कहाँ-कहाँ हुँदैछ फ्रि ?

काठमाडौं, १८ चैत्र । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्ने भएको छ । काठमाडौं महानगरपालिका र वल्र्ड लिंक कम्युनिकेशन प्रा.लि. बीच विश्वप्रसिद्ध धार्मिकस्थलहरु पशुपतिनाथ, बौद्धनाथ र स्वयम्भूलगायतका काठमाडौं महानगरपालिका भित्रका ६ वटा मुख्य स्थानहरुमा ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार विश्वप्रसिद्ध धार्मिक स्थलहरु पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भू , बसन्तपुर, हनुमानढोका दरबार क्षेत्र र शंखपार्क र बालाजु बाईसधारा उद्यानमा क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन हुनेछ ।

आईतबार सुन्धरास्थित काठमाडौं महानगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रालिका निर्देशक विजयकुमार जलानले हस्ताक्षर गर्नु भएको समझदारी पत्रमा पनि ‘फ्रि वाईफाई इन्टरनेट सेवा’ संचालन गर्ने उल्लेख गरिएको छ । यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन् । वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ ।

समझदारी गरिएको ६० दिन भित्र ६ वटै स्थानमा सेवा संचालन गर्नुपर्ने सर्त समेत राखिएको छ । ९० दिन पनि तोकिएको स्थानमा वाईफाई इन्टरनेट सेवा संचालनमा नआए सो सम्झदारी स्वतः खारेज हुने प्रावधान पनि राखिएको छ ।


प्रतिक्रिया दिनुहोस्