स्मिथका बुवाले ग्यारेजमा थन्क्याए छोराको क्रिकेट सामग्री

काठमाडौं, १९  चैत / बल टेम्पिरिङ विवादमा परेर एक वर्षको प्रतिबन्ध भोगिरहेका अष्ट्रेलियन क्रिकेट टिमका निवर्तमान कप्तान स्टिभ स्मिथका बुवा पिटर स्मिथले उनको क्रिकेट सामग्री ग्यारेजमा थन्काइदिएका छन् ।अष्ट्रेलियाको समाचार च्यानल सेभेन न्युजले देखाएको भिडियो फुटेजमा स्टिभका बुवाले सबै क्रिकेट सामान गाडीमा लगेर ग्यारेजभित्र मिल्काएको देखिएको छ ।

सामान ग्यारेजमा राखेसँगै पिटरले भनेका छन्, ‘उ ठीक हुनेछ । उसको आश मर्ने छैन । क्रिकेट अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा बल टेम्पिरिङ विवादमा परेका स्मिथसँगै वार्नरलाई एक वर्ष र बेनक्राफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको छ । टिमका प्रशिक्षक ड्यारेन लेहमानले पनि राजीनामाको घोषणा गरिसकेका छन् । यसअघि अष्टे्रलिया आउने वित्तिकै घटनाको सबै जिम्मेवारी आफूले लिएको भन्दै स्मिथले सिड्नीमा भएको पत्रकार सम्मेलनमा आँसु नै झारेका थिए । स्मिथसँगै प्रतिबन्धमा परेका डेभिड वार्नर र क्यामरुन बेनक्राफ्टले पनि माफी मागेका थिए ।


प्रतिक्रिया दिनुहोस्