चेल्सी विरुद्ध टोटनह्याम विजयी, आर्सनलको पनि सहज जित सोमवार

लन्डन,  १९ चैत्र  / गए राति इंग्लिस प्रिमियर लिगमा साविक विजेता चेल्सी टोटनह्यामविरुद्ध ३-१ ले पराजित भएको छ । टोटनह्यामका लागि डेले अलिले दुई गोल गरे । एल्भारो मोराटाको हेडिङ गोलमार्फत चेल्सीले खेलमा अग्रता लिएको थियो । तर पहिलो हाफमा क्रिस्टियन एरिक्सनको शानदार प्रहारले पाहुना टोलीलाई खेलमा फर्काएको थियो । दोस्रो हाफमा अलिले दुई गोल गर्दै चेल्सीलाई उसकै घरेलु मैदानमा निराश पारेको थियो ।

त्यस्तै हिजो रातिको अन्य खेलमा आर्सनलले स्टोक सिटीलाई ३-० ले हराएको थियो । खेल ७५ मिनेटसम्म गोलरहित रहे पनि आर्सनलले पुनरागमन गरेको हो । आर्सनलका लागि पियर(एम्रिक अबामेयाङले दुई गोल गरे भने अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटले एक गोल गरे । टोटनह्याम ६४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको छ भने पाचौंमा रहेको चेल्सीको ५६ र छैटौं स्थानमा रहेको आर्सनलको ५१ अंक रहेको छ । एजेन्सी   


प्रतिक्रिया दिनुहोस्