इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रशिक्षण

नगरकोट, १९ चैत / नेपाल इँटा उद्योग महासंघले देशभरका इँटा उद्योगी व्यवसायीलाई जिगज्याग प्रविधिबारे प्रशिक्षण दिएको छ । देशभरका इँटा उद्योगलाई वातावरणमैत्री प्रविधिमा जान प्रेरित गर्ने उद्देश्यले प्रशिक्षण दिइएको महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले जानकारी दिनुभयो । प्रशिक्षणको आइतबार एक कार्यक्रमबीच उद्घाटन गर्दै घरेलु तथा साना उद्योग विभागका महानिर्देशक शत्रुघनप्रसाद पुडासैनीले इँटा अभावले भूकम्पपछिको पुनः निर्माण प्रभावित भएको बताउँदै नयाँ नयाँ प्रविधि प्रयोग गरी इँटा उत्पादन क्षमता बढाउनुपर्ने सुझाव दिनुभयो ।

                                  फाइल तस्बिर ।

ऊर्जा तथा वातावरणविज्ञ डा. उत्तम कुँवरले पहिलेको तुलनामा अहिले कोइला खपत धेरै कम भएको र प्रदूषण पनि धेरै न्यून भएको जानकारी दिनुभयो । प्रशिक्षणमा देशका ४० भन्दा बढी जिल्लाका व्यवसायी सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्