जेष्ठ नागरिकलाई रेडियो तमोर र ढोक्प्या विद्यार्थीद्धारा न्यानो कपडा वितरण

ताप्लेजुङ  /  रेडियो तमोर र ढोक्प्या विद्यार्थीद्धारा  जाडोमा जेष्ट नागरिकहरुलाई बढि समस्या हुने भन्दै ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका जेष्ठ नागरिकहरुलाई सोमवार जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ ।

जिल्लाको पहिलो सामुदायिक रेडियो रेडियो तमोर १०२ मेघाहर्ज र ढोक्प्या विद्यार्थी समाज काठमाण्डौले संयुक्त रुपमा न्यानो कपडा वितरण गरेको हो । वडाभित्र वसोवास गर्ने सवै जेष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरिएको सो वडाका वडाध्क्ष डण्डु शेर्पाले बताउनुभयो । रेडियो तमोर १०२ मेघाहर्जको नजिँकीदै गरेको वार्षिकोत्शवको अवशरमा कपडा वितरण गरिएको रेडियो तमोर सञ्चालन समितिका अध्यक्ष रमेश वरालले जानकारी दिनुभयो । यता ढोक्प्या विद्यार्थी समाजले भने देउसी खेलेर सकंलन गरेको रकमवाट न्यानो कपडा वितरण गरेका हुन् ।

वितरण कार्यक्रम संविधानसभा सदस्य पूर्व सांसद पासाङ शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा रेडियो तमोर सञ्चालन समिति अध्यक्ष रमेश वराल, ताक्पेगोला समाज सेवा समितिका अध्यक्ष मिङ्मा कामी शेर्पा र ढोक्प्या छोक्याल शेर्पा, सोनाम शेर्पा, कर्मा शेर्पा, वावुला शेर्पा लगायतले कपडा वितरण गर्नुभएको थियो ।

वडाभरिका ६० जना जेष्ठ नागरिकलाई ज्याकेट, टाउजर, टोपी, स्विटर लगायतका कपडा वितरण गरिएको हो । प्रतिव्याक्ति ४ हजार वरावरको कपडा वितरण गरेको वडाध्क्ष शेर्पाले वताउनुभयो । उहाँले आफ्नो वडाका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको प्रति रेडियो तमोर १०२ मेघाहर्ज र ढोक्प्या विद्यार्थी समाजलाई धन्यवाद समेत दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्